काठमाडौँ — उच्च अदालत पाटनले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दिइएको पूरक रिट खारेज गरेको छ। अदालतले बस्नेतविरुद्ध कारबाही प्रक्रिया अघि बढेको आधारमा रिट खारेज गरेको हो।
पीडितले बस्नेतविरुद्ध भ्रूण हत्या, बलात्कार र चोरी डाँका मुद्दामा अनुसन्धान अघि बढाउन माग गरेकी थिइन्। उच्च अदालतको आदेशले अनुसन्धान प्रक्रिया अघि बढ्न सक्ने बाटो खुला गरेको छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँले फैसलाको पूर्णपाठ आएपछि अनुसन्धानको आगामी कदम तय गर्ने जनाएको छ।


