Friday, June 05, 2026
Home > आर्थिक समाचार > राजस्व चुहावट रोक्न जिरो टोलरेन्स: सरकारद्वारा कडाइ र टास्क फोर्स गठन

राजस्व चुहावट रोक्न जिरो टोलरेन्स: सरकारद्वारा कडाइ र टास्क फोर्स गठन

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउने निर्णय गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङ ले शून्य सहनशीलता (जिरो टोलरेन्स) नीति अपनाउँदै कडाइका साथ काम गर्न निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले सीमामा कडा निगरानी, बजार अनुगमन प्रभावकारी बनाउने तथा टास्क फोर्स गठन गरेर कार्ययोजनासहित अघि बढ्ने निर्णय गरेको हो।

सरकारले राजस्व लक्ष्य हासिल गर्न नतिजामुखी काम गर्दै आगामी बैठकमा प्रगति समीक्षा गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *