१९ चैत, काठमाडौं – नेकपा एमालेका नेता रामबहादुर थापा बादलले रास्वपाको अघोषित नेतृत्वमा भदौ २३ र २४ गते अवैधानिक ढंगले निलो क्रान्ति सम्पन्न भएको बताएका छन्। उनले फागुन २१ गतेको निर्वाचनले निलो क्रान्तिलाई वैधानिकता दिएको र बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइएको उल्लेख गरे। बादलले रास्वपा र प्रधानमन्त्री शाहलाई ऐतिहासिक विजयको लागि बधाई दिदैं, उक्त विजयमा नेपाली सेना र बारबरा फाउन्डेसनको महत्वपूर्ण भूमिका रहेको बताए।


