काठमाडौं — स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयहरूलाई राजनीतिबाट मुक्त गरी शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने बताएका छन्। उनले विज्ञान तथा प्रविधि प्रवर्धन गर्दै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
सांसद पुनले विद्यालय व्यवस्थापन र प्राविधिक शिक्षा परिषद् (सीटीईभीटी)मा बढ्दो राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै नियमावली सुधार आवश्यक भएको बताए।


