काठमाडौं — नेप्से परिसूचक ५.८२ अंकले बढेर २,७८२.१८ विन्दुमा बन्द भएको छ। साताको अन्तिम दिन ०.२०% वृद्धि देखिएको हो।
कुल ८ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा २ करोड १३ लाख कित्ता सेयर किनबेच भयो। यद्यपि, १५८ कम्पनीको सेयर मूल्य घट्दा ९८ मात्रै बढे र १२ स्थिर रहे।
विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् लगायत उपसमूह बढ्दा बैंकिङ, बीमा र लघुवित्त समूह भने घटेका छन्।


