Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > माइतीघरमा सामुहिक बलात्कारपीडितको न्यायका लागि प्रदर्शन

माइतीघरमा सामुहिक बलात्कारपीडितको न्यायका लागि प्रदर्शन

काठमाडौं – सामुहिक बलात्कारपछि हत्या गरिएकाहरूको न्यायको माग गर्दै सडक संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको छ।

प्रदर्शनमा ईनिशा विक, रेश्मिका परियार, देवीसरा खत्री, निर्मला पन्त लगायतका पीडितका न्याय माग गर्दै सहभागीहरूले “बलात्कारीलाई फाँसी दे”, “महिला सुरक्षित हुनु समाज सुरक्षित हुनु” र “बलात्कारपछिको क्रुर हत्यारालाई मृत्युदण्ड” जस्ता नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए।

साथै, मृतकका फोटो र न्यायको माग गरिएको प्लेकार्ड तराजुमा राखेर चेतना जगाउने प्रयास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *