Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जेनजी घाइते एकता शाहलाई एमबीबीएस छात्रवृत्तिमा अध्ययन गर्न सिफारिस

जेनजी घाइते एकता शाहलाई एमबीबीएस छात्रवृत्तिमा अध्ययन गर्न सिफारिस

काठमाडौं – चिकित्सा शिक्षा आयोगले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई एमबीबीएस प्रवेश परीक्षामा मेरिट सूचीमा नपरेको बाबजुद सरकारी छात्रवृत्तिमा अध्ययन गर्न सिफारिस गरेको छ।

चैत्र १८ गते बसेको आयोगको बैठकमा ७ हजारमा नाम आउने शाहलाई सिफारिस गरिएको हो, जबकि यस वर्ष एमबीबीएसका लागि २ हजार ६३५ सिट मात्र उपलब्ध छन्। आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले निर्णय सरकारको स्वीकृतिमा बाँकी रहेको बताएका छन्।

सिफारिसका कारण हालको सत्रमा थप विद्यार्थी कसरी समावेश गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *