काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को बन्दी प्रत्यक्षीकरण रिट आज सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परिवारले दायर गरेको रिटमाथि बहस हुने भएको हो।
सरकारले जेन–जी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा चैत १४ गते उनीहरूलाई पक्राउ गरेको थियो भने उक्त पक्राउविरुद्ध चैत १५ मा रिट दायर गरिएको हो।


