Friday, June 05, 2026
Home > मुख्य समाचार > ४ दिनमा २२६ पक्राउ: प्रहरीको विशेष अभियान तीव्र

४ दिनमा २२६ पक्राउ: प्रहरीको विशेष अभियान तीव्र

काठमाडौं। गैरकानुनी गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीले चलाएको विशेष अभियानमा ४ दिनभित्र २२६ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार चैत १८–२१ सम्म देशभरबाट गुण्डागर्दी, बिचौलिया गतिविधि र अभद्र व्यवहारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

केन्द्रीय प्रवक्ता अविनारायण काफ्ले ले सबैमाथि कानुनी प्रक्रिया अघि बढाइएको र शान्ति सुरक्षाका लागि अभियान जारी रहने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *