Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कानुन निर्माणमा तीव्रता ल्याउने प्रतिबद्धता: मन्त्री गौतम

कानुन निर्माणमा तीव्रता ल्याउने प्रतिबद्धता: मन्त्री गौतम

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा समर्थन गर्दै उनले संसदको भूमिका प्रभावकारी बनाउँदै सरकारलाई जबाफदेही बनाउन आवश्यक रहेको बताए।

मन्त्री गौतमले जनताको आवश्यकतालाई सम्बोधन गर्न कानुन निर्माणमा ढिलाइ गर्न नहुने पनि स्पष्ट पारिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *