Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > धुलिखेल–खावा सडकमा कालोपत्रे काम सुरु

धुलिखेल–खावा सडकमा कालोपत्रे काम सुरु

काभ्रेपलाञ्चोक, २२ चैत २०८२ – अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा ४ किलोमिटर सडकमा कालोपत्रे काम सुरु भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले पुरानो ठेक्का रद्द गरी सिएम एवन काली जेभीलाई १४ महिनामा काम सक्ने गरी नयाँ ठेक्का दिएको हो।

पहिलो चरणमा २.५ किलोमिटर र दोस्रो चरणमा १.५ किलोमिटर सडक कालोपत्रे गरिने छ। सिएम एवन काली जेभीका अनुसार २० सेन्टिमिटर बेस र दुई चरणको कालोपत्रे काम तय समयमै पूरा गर्ने दावी गरिएको छ। यो सडक चीनसँगको नाका कोदारी लगायत विभिन्न स्थानहरूमा जाने मुख्य मार्ग हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *