तनहुँ । जिल्ला प्रशासन कार्यालयले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणको विवरण संकलन र वास्तविक सुकुम्बासी पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकपछि यो अभियान अघि बढाइएको हो।
यस अन्तर्गत अतिक्रमित जग्गामा बसोबास गर्ने परिवारमध्ये वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्ने योजना रहेको प्रशासनले जनाएको छ।
स्थानीय तहसँग समन्वय गर्दै आवश्यक परे स्थानान्तरण तथा सुरक्षा प्रबन्ध गर्ने र नयाँ अतिक्रमण रोक्न कडाइ गरिने पनि प्रशासनले जनाएको छ।


