काठमाडौं, २२ चैत २०८२ – प्रतिनिधिसभाको उपसभामुख पदका बारेमा सत्तासिन दलका नेताहरू रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच मतभेद देखिएको छ।
प्रधानमन्त्री बालेन श्रम संस्कृति पार्टीलाई उपसभामुख दिने पक्षमा छन् भने रवि लामिछाने राप्रपा पक्षमा उभिएका छन्। दुवै नेताबीच छलफल भए पनि सहमति बन्न सकेको छैन। यो विषयमा आज फेरि छलफल हुने तयारी छ।
संवैधानिक परिषद्मा रहने भएकाले उपसभामुखको चयनमा दलहरूबीच गम्भीर छलफल र चासो बढेको छ।


