काठमाडौं, २२ चैत २०८२ – युनाइटेड अरब इमिरेट्स (यूएई) को अबजान क्षेत्रमा ड्रोन अवशेष खस्दा घाइते भएका सात नेपालीलाई उपचारपछि डिस्चार्ज गरिएको छ। १२ जना घाइतेमध्ये ७ जना नेपाली थिए।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सबै घाइते डिस्चार्ज भइसकेको जानकारी दिए। नेपाली दूतावासले घटनाबारे चासो देखाउँदै घाइतेहरूसँग सम्पर्क राखेर जानकारी लिएको थियो।


