ताप्लेजुङ — प्रतिकूल मौसमका कारण तीन सातादेखि स्थगित सुकेटार–काठमाडौं उडान सोमबारदेखि पुनः सञ्चालन भएको छ। नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले सोमबार काठमाडौंदेखि १३ जना यात्रु लिएर ताप्लेजुङ पुगेको छ भने फर्कँदा ११ जना बोकेको छ।
इन्धन मूल्य वृद्धिका कारण ताप्लेजुङ–काठमाडौं भाडा ९ हजार ४ सयबाट १२ हजार रुपैयाँ पुगेको निगमले जनाएको छ। विमान साताको सोमबार, बुधबार र शुक्रबार उड्ने छ, मौसम प्रतिकूल भएमा उडान रोक्न सकिने निगमले चेतावनी दिएको छ।


