काठमाडौँ — कञ्चनपुरको सडक डिभिजन कार्यालय महेन्द्रनगरले काममा ढिलासुस्ती गर्ने तीन निर्माण कम्पनीलाई १५ दिनभित्र स्पष्टीकरण पेश नगरे ठेक्का तोड्ने चेतावनी दिएको छ।
लापरवाही गर्ने कम्पनीमा मैनाचुली/मालिका/एमबीए जेभी, नागार्जुन कन्स्ट्रक्सन प्रालि, र बज्रगुरु बी एण्ड बी सनलाइट जेभी पर्दछन्। उक्त कम्पनीहरूले सडक विस्तार, पुनर्स्थापना र स्तरोन्नति कार्य समयमै सम्पन्न नगरेको भन्दै डिभिजनले सार्वजनिक खरिद ऐनअनुसार कारबाही अघि बढाउने जनाएको छ।


