काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा उनले भने, “ग्रे लिस्टले लगानी वातावरणमा नकारात्मक प्रभाव पार्छ, त्यसैले तोकिएको समयमै त्यसबाट बाहिर ल्याउन हामी प्रतिबद्ध छौं।”
उनले स्पष्ट पारे, वित्तीय अपराधमा मुद्दा प्रमाण अनुसार अघि बढाइनेछ र कानुनअनुसार जरिवाना वा कारबाही हुनेछ। वाग्लेले निजी क्षेत्रमाथि दमन गर्ने नीति नभएको भन्दै, “हामी खुलाबजार अर्थनीति मान्छौँ, छाडा अर्थतन्त्र होइन,” पनि बताए।


