Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > लीलाकुमारी भण्डारी निर्विरोध राष्ट्रियसभा उपाध्यक्ष निर्वाचित

लीलाकुमारी भण्डारी निर्विरोध राष्ट्रियसभा उपाध्यक्ष निर्वाचित

काठमाडौं – नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। राष्ट्रियसभाको आजको बैठकले उनलाई उपाध्यक्ष घोषित गरेको हो।

उनको प्रस्तावक एमालेका संसदीय दल नेता प्रेमप्रसाद दंगाल रहेका छन् भने समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय, जसपा नेपालकी पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *