Friday, June 05, 2026
Home > मुख्य समाचार > अर्थमन्त्री वाग्ले: सेयर बजारप्रति सरकार उदार, ‘सुनौला दिन आउँदैछन्’

अर्थमन्त्री वाग्ले: सेयर बजारप्रति सरकार उदार, ‘सुनौला दिन आउँदैछन्’

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले ले सेयर बजारप्रति सरकार उदार रहेको बताउँदै साना लगानीकर्तामाथि कुनै धरपकड नीति नरहेको स्पष्ट पारेका छन्।

उनले बजारमा अनावश्यक त्रास फैलाइएको भन्दै इन्साइडर ट्रेडिङ र अनैतिक गतिविधिमा मात्रै कारबाही हुने बताए। साथै, “बजार घट्दा अत्तालिनु पर्दैन, सुनौला दिन आउँदैछन्,” भन्दै सुधारका कार्यक्रम अघि बढाउने जनाए।

उनले नेपाललाई एफएफीएफ को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता रहेको पनि दोहोर्‍याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *