काठमाडौँ — नेप्से परिसूचक आज ८३.३३ अंकले बढेर २,७६० विन्दुमा पुगेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले को बजारप्रति सकारात्मक धारणा पछि लगानीकर्तामा उत्साह देखिएको हो।
आज अधिकांश समूह उकालो लाग्दा फाइनान्स र जलविद्युत् समूहमा उच्च वृद्धि देखियो। कारोबार रकम भने घटेर १० अर्ब ९२ करोड रुपैयाँमा सीमित भयो।


