पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन्। उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन भारतसँग हवाई मार्गको कूटनीतिक संवाद अघि बढाउनुपर्नेमा जोड दिए। पुनले दाङको कोइलाबास–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्ग निर्माणको कामलाई पनि प्राथमिकता दिन आग्रह गरे। साथै, माडी बहुउद्देश्यीय जलविद्युत आयोजना र गण्डकी आर्थिक त्रिभुज परियोजना पुनःसक्रिय गर्न सरकारसँग माग गरे। उनले लुम्बिनी प्रदेशमा एकीकृत कृषि विकास परियोजना पनि अघि बढाउन सुझाए।


