Tuesday, July 21, 2026
Home > मुख्य समाचार > देउवा दम्पतीलाई नेपाल फर्काएर पक्राउ गर्ने तयारी

देउवा दम्पतीलाई नेपाल फर्काएर पक्राउ गर्ने तयारी

काठमाडौं — देश बाहिर रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवा राणाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सीआईबीको सहयोगमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ। हाल देउवा दम्पती हङकङमा छन् र आफैं विभागमा उपस्थित हुन सक्छन्।

नेपाल फर्कन नसके इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिनेछ र आवश्यक परे ‘रेड नोटिस’ मार्फत उनीहरुलाई पक्राउ गरेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *