काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुन विपरीत बढी शुल्क लिएका संस्थागत विद्यालयलाई तत्काल विद्यार्थीलाई रकम फिर्ता गर्न निर्देशन दिएको छ।
मन्त्रालयले भविष्यमा पनि यस्तो कार्य नगर्न चेतावनी दिएको छ। अवैध शुल्क लिने कार्य शिक्षा ऐन २०२८ को विपरीत रहेको उल्लेख गरिएको छ।


