काठमाडौं — नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई अब कम्बोडियाको ‘प्रेह तानरीच स्वय’ क्लबमा आबद्ध भएकी छन्।
प्रिती यसअघि जोर्डनको इतिहाड क्लबमा खेलिन् र चार खेलमा एक गोल गरेका थिइन्। अब उनी कम्बोडियन प्रिमियर लिगमा खेल्नेछन्। क्लबले ४० संस्करणमा चारपटक उपाधि जितेको छ।
नेपाली टिममा प्रिती १६ वर्षको उमेरमा बंगलादेशविरुद्ध डेब्यू गरेकी थिइन्।


