काठमाडौं — नेपाल सरकारले अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतालाई स्वागत गरेको छ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यो कदमले पश्चिम एसियामा तनाव कम गर्ने र संवाद तथा कूटनीतिका अवसर सिर्जना गर्ने उल्लेख छ। नेपालले शान्तिपूर्ण समाधान र नागरिक सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय प्रयासहरूको समर्थन गर्ने दोहोर्याएको छ।


