काठमाडौँ — केपी शर्मा ओली अस्पतालमै चिकित्सकको निगरानीमा रहेका छन्। उनलाई पत्थरीको समस्या देखिएपछि आगामी सोमबार पत्थरी अपरेसन गर्ने तयारी गरिएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा उपचाररत ओलीको स्वास्थ्य अवस्था विभिन्न विभागले अवलोकन गरिरहेका छन्।
भदौ २३–२४ का घटनासम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका उनलाई सर्वोच्च अदालतको आदेशपछि प्रहरीले हाजिर जमानीमा रिहा गरेको हो। अदालतले अनुसन्धान सम्पन्न गरी आवश्यक निर्णय लिन निर्देशन दिएको थियो।


