नेपालगन्ज– बाँकेको नेपालगन्जमा २२ वर्षीया सिर्जना बुढामगरको हत्या भएको १३ दिन बित्दा पनि शव अस्पतालमै राखिएको छ।
चैत्र १४ गते जलेको अवस्थामा भेटिएकी सिर्जनाको भेरी अस्पतालमा मृत्यु भएको थियो। पीडित पक्षले प्रेमी मोहम्मद आरिफ ढपाली र उनका परिवारमाथि हत्या आरोप लगाएको छ।
प्रहरीले आरिफसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। तर, न्याय र क्षतिपूर्तिको माग गर्दै पीडित पक्ष निरन्तर सडक आन्दोलनमा उत्रिएको छ।


