Friday, June 05, 2026
Home > स्थानीय समाचार > इटहरीमा निःशुल्क आँखा शिविर सम्पन्न, २३७ जनाले सेवा लिए

इटहरीमा निःशुल्क आँखा शिविर सम्पन्न, २३७ जनाले सेवा लिए

इटहरी, वैशाख २५ — सुनसरीको इटहरी–३ स्थित बिशाल मैदा मिल प्रा.लि. परिसरमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

राउण्ड टेबल नेपालको आयोजना तथा रामलाल गोल्छा आँखा अस्पताल सँगको सहकार्यमा सम्पन्न उक्त शिविर ६ घण्टासम्म सञ्चालन गरिएको थियो। शिविरमा कुल २३७ जना स्थानीयले आँखा जाँच तथा परामर्श सेवा लिएका थिए।

कार्यक्रममा अनुभवी स्वास्थ्यकर्मीहरूको टोलीले आँखा परीक्षण, परामर्श तथा आधारभूत उपचार सेवा प्रदान गरेको थियो। शिविरप्रति स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो।

आँखा स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्नुका साथै सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

राउण्ड टेबल नेपालले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *