Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सडकमै चालकको आँखा परीक्षण, दुर्घटना घटाउने प्रयास

सडकमै चालकको आँखा परीक्षण, दुर्घटना घटाउने प्रयास

गुल्मीमा सवारी दुर्घटना न्यूनीकरणका लागि सडकमै चालकको आँखा परीक्षण गरिएको छ। जिल्ला प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा गरिएको कार्यक्रममा १०१ जना चालक तथा सहचालकको आँखा जाँच गरिएको प्रहरीले जनाएको छ।

तम्घास प्रवेशद्वार उदिनढुंगा क्षेत्रमा सवारी रोकेर परीक्षण गरिएको हो। चालकको आँखामा समस्या भए दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो अभियान सञ्चालन गरिएको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *