राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा सम्बन्धी रिटको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि सहकारी ठगी बाहेकका अन्य दुई गम्भीर मुद्दा हटाउन निर्देशन दिएकी थिइन्। आजको सुनुवाइले उक्त प्रशासनिक निर्देशन कानुनसम्मत छ वा छैन भन्ने विषयमा निर्णय दिने अपेक्षा गरिएको छ।


