Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > महान्यायाधिवक्ता कँडेलविरुद्धको रिट सर्वोच्चमा दरपीठ

महान्यायाधिवक्ता कँडेलविरुद्धको रिट सर्वोच्चमा दरपीठ

काठमाडौं। महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्ध दायर रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ।

अधिवक्ता माधवकुमार बस्नेतले योग्यता नपुगेको र स्वार्थ बाझिने भन्दै नियुक्ति बदरको माग गरेका थिए। तर रजिष्ट्रारले आवश्यक प्रमाण नपुगेको र नियमित कानुनी प्रक्रियाबाट समाधान हुने विषय भएको भन्दै निवेदन दरपीठ गरेका हुन्।

यद्यपि, इजलासमा पुनः निवेदन दिन सकिने कानुनी विकल्प भने खुला रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *