काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्व चयनबारे चर्चा बढेको छ। सभापति पदमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने सम्भावना बलियो देखिएको छ।
यद्यपि उपसभापति र महामन्त्री पदका लागि भने धेरै नेताहरू आकांक्षी देखिएका छन्। उपसभापतिमा स्वर्णिम वाग्ले सहित अन्य नेताहरूको नाम चर्चामा छ भने महामन्त्रीका लागि पनि विभिन्न नेताबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
चितवनमा असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनबाट रास्वपाको नयाँ केन्द्रीय नेतृत्व चयन गरिनेछ।


