काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको बैठकले ठाकुरका पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
आजै दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन हुने छ। उक्त पदका लागि ठाकुर र राप्रपाकी सरस्वती लामा प्रतिस्पर्धामा छन्।


