जनकपुर — बालअधिकारसँग सम्बन्धित संघसंस्थाहरूले मधेश प्रदेश सरकारलाई विद्यालय र समुदायमा जंक फूडको बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाउन सुझाव दिएका छन्।
बाल क्लब सञ्जाल र नागरिक समाज सञ्जालले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रममा बालबालिकाको स्वास्थ्य, संरक्षण र समग्र विकासलाई ध्यानमा राख्दै यस्तो नीति ल्याउन माग गरेका हुन्।
उनीहरूले जंक फूडले बालबालिकाको शारीरिक र मानसिक विकासमा नकारात्मक असर पारेको भन्दै प्रदेश सरकारले कडाइका साथ नियन्त्रण गर्नुपर्ने बताएका छन्।


