Friday, June 05, 2026
Home > खेलकुद समाचार > दशरथ रंगशालामा दुई दिन राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता हुँदै

दशरथ रंगशालामा दुई दिन राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता हुँदै

काठमाडौंको दशरथ रंगशालामा शनिबार र आइतबार राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता हुने भएको छ। नेपाल रग्बी संघका अनुसार विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसहित सातै प्रदेशका टोली सहभागी हुनेछन्। प्रतियोगिता लिग–कम–नकआउट प्रणालीमा खेलाइनेछ।

विजेताले ५० हजार, उपविजेताले ३० हजार र उत्कृष्ट खेलाडीले ५–५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताबाट आगामी एसियाली खेलकुद र ताइवानमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *