काठमाडौं, २७ चैत – राप्रपाकी सांसद खुश्बु ओलीले उपसभामुखमा भएको सहमति सत्तारुढ दल रास्वपाले लत्त्याएको दाबी गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रास्वपाले अविश्वास पैदा गरेको बताइन्। उनले नयाँको सिन्डिकेट लागु गर्न खोजिएको हो कि भनेर प्रश्न उठाइन्।
उनले भनिन्, “हामीले हिजो दिएको उम्मेदवारी पदको लागि होइन, आचार र राजनीतिक संस्कारको परीक्षणको रूपमा थियो। राजनीतिक प्रतिबद्धता अब परिस्थिति अनुसार बदलिने विकल्प मात्र हो कि नैतिक दायित्व पनि बाँकी छ?”
उनले रास्वपा पार्टीको अविश्वसनीय शैलीले विश्वसनीयतालाई असर पुर्याएको भन्दै राजनीतिक संस्कारमा सुधारको आवश्यकता रहेको बताइन्।


