Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मनिष झाले ज्ञानेन्द्र शाहीको दाबी अस्वीकार गरे

मनिष झाले ज्ञानेन्द्र शाहीको दाबी अस्वीकार गरे

काठमाडौं, २७ चैत – रास्वपा प्रवक्ता मनिष झाले, राप्रपा नेता ज्ञानेन्द्र शाहीले उपसभामुखको उम्मेदवारी बारे गरेका दाबीलाई अस्वीकार गरेका छन्। शाहीले आफूले रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरि राप्रपालाई उपसभामुखमा समर्थन दिने कुरा गरेका थिए।

मनिषले प्रतिक्रिया दिँदै भने, “मलाई थाहा छैन उहाँले कुन आधारमा कुरा गर्नुभयो। ट्रम्पसँग कुरा गरेर हेलिकप्टर पठाइदिन्छु भन्नु हुँदैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने कुरा हो।”

उनले स्पष्ट पारे कि उपसभामुखको विषयमा पार्टी सभापतिको उपस्थितिमा कुनै छलफल भएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *