काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार अन्त्य र सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सरकारलाई आग्रह गरेका छन्।
सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै उनले पारदर्शी र उत्तरदायी शासनप्रणालीप्रति नागरिकको अपेक्षा उच्च रहेको बताए।
राष्ट्रपतिले विधिको शासन, दण्डहीनताको अन्त्य र प्रभावकारी कानुन कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।


