Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ठाकुरलाई उपसभामुख बनाउँदा जेनजी र युवाको सम्मान हुन्छ : अमरेशकुमार सिंह

ठाकुरलाई उपसभामुख बनाउँदा जेनजी र युवाको सम्मान हुन्छ : अमरेशकुमार सिंह

काठमाडौं, २७ चैत – सांसद डा. अमरेशकुमार सिंहले रुवी कुमारी ठाकुरलाई उपसभामुख बनाउँदा जेनजी र युवा वर्गको सम्मान हुने बताएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले रास्वपाले परिवर्तनलाई व्यवहारमा देखाउन जेनजी समूहकी ठाकुरलाई समर्थन गरेको बताए।

सिंहका अनुसार ठाकुर निर्वाचित भएमा उनी विश्वकै कान्छी उपसभामुख बन्न सक्ने दाबी गरिएको छ। उनले मधेस, महिला र पिछडिएको समुदायको प्रतिनिधित्वका लागि पनि उनको समर्थन गरिएको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *