Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > चिठी बुझ्न नमान्ने सेवाग्राहीले हुलाक कर्मचारी हैरान

चिठी बुझ्न नमान्ने सेवाग्राहीले हुलाक कर्मचारी हैरान

विराटनगरस्थित हुलाक निर्देशनालयका हल्कराहरूले चिठी पुर्‍याउन जाँदा अधिकांश सेवाग्राहीले बुझ्न नमान्ने समस्या बढेको छ। बैंक, अदालत र अन्य कानूनी निकायका पत्र हुने डरले धेरैले आफ्नो परिचय लुकाउने वा ठेगाना गलत बताउने गरेका छन्।

हुलाकका अनुसार चिठी बुझ्दा कानूनी झमेला वा ऋणको प्रक्रिया अघि बढ्ने डर सेवाग्राहीमा देखिन्छ। यस कारण करिब ९९ प्रतिशत चिठीहरू फिर्ता हुने गरेका छन्।

सरकारी सवारी साधन नहुँदा पैदल वा निजी सवारी प्रयोग गरेर पत्र पुर्‍याउनुपर्ने बाध्यताबीच चिठी नबुझिदिँदा हुलाक सेवा थप प्रभावित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *