काठमाडौं — अमेरिका ले चार्टर विमानमार्फत ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ।
डिपोर्ट हुनेमा अवैध बाटोबाट गएका १२ जना र विद्यार्थी भिसामा गएका २ जना समेत रहेका छन्। बाँकीलाई विभिन्न नियम उल्लंघन गरेको आरोपमा फर्काइएको जनाइएको छ।
पछिल्लो दुई महिनामा अमेरिकाबाट २ सयभन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन्। आप्रवासी नीतिमा कडाइसँगै डिपोर्टको संख्या बढेको बताइएको छ।


