काठमाडौं — केपी शर्मा ओली प्रति नेकपा एमाले भित्र तल्लो तहका नेता–कार्यकर्तामा असन्तुष्टि बढ्दै गएको छ।
पार्टीभित्र निर्णय प्रक्रिया सीमित नेतामा केन्द्रित भएको, तल्लो तहको सुझाव बेवास्ता भएको र नेतृत्व परिवर्तनको माग नउठेको भन्दै आलोचना बढेको छ।
युवापंक्तिले ‘फ्रेस नेतृत्व’ र अर्ली महाधिवेशनको माग गर्दै दबाब बढाइरहेका छन् भने केही नेताहरूले पार्टी सुधार र पुनर्संरचनाको आवश्यकता औंल्याएका छन्।


