काठमाडौं — वन तथा वातावरण मन्त्री गीता चौधरी ले नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन्।
वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा वनस्पति दिवसका अवसरमा उनले अनुसन्धानलाई व्यावसायिक उत्पादनसम्म लैजान सरकारी–निजी सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।
उनका अनुसार जडीबुटी उद्योग विकास भए रोजगारी, राजस्व र विदेशी मुद्रा आर्जनमा ठूलो योगदान पुग्नेछ।


