काठमाडौं । लोसपा अध्यक्ष महन्थ ठाकुरले सुकुम्वासी बस्तीमाथि डोजर चलाउने सरकारी कदममाथि प्रश्न उठाउँदै यसलाई सुशासन भन्न नमिल्ने बताएका छन्।
राष्ट्रियसभा बैठकमा बिहीबार बोल्दै उनले सरकारले जनआन्दोलनको मर्मविपरीत काम गरिरहेको आरोप लगाए। ठाकुरले निजी क्षेत्र र व्यवसायीमाथि भय सिर्जना भइरहेको टिप्पणी गर्दै लगानीमैत्री वातावरण कमजोर बनेको बताए।
उनले सम्पत्ति शुद्धीकरण र सरकारी कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउँदै संविधानका केही पक्षमा सुधार आवश्यक रहेको धारणा राखे।


