काठमाडौँ — जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले तीन विधामा पुरस्कार तथा सम्मान वितरण गरेको छ।
कार्यक्रममा निवर्तमान उपसभामुख इन्दिरा राना मगर र भुपाल राई लाई सम्मान गरिएको छ।
यसैगरी, ‘जित–रेख मगर साहित्य पुरस्कार–२०८१’ उजिर राना मगरलाई (रु. ६० हजार), ‘जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१’ खगेन्द्र घर्ति मगरलाई (रु. ४० हजार) र ‘जित–रेख मगर नवप्रतिभा साहित्य पुरस्कार–२०८१’ राकेश बी.एम. चिन्तनलाई (रु. १५ हजार) प्रदान गरिएको छ।
पुरस्कारहरू प्रमुख अतिथि राना मगर र विशेष अतिथि राईले संयुक्त रूपमा वितरण गरेका हुन्।


