नेपाली सेनाले गोरखा–जितगढी पदयात्रा सञ्चालन गरिरहेको छ, जुन आइतबार तनहुँको व्यास नगरपालिका–११ बेल्टारी आइपुगेको छ। चैत २७ गते गोरखा दरबारबाट सुरु भएको यो पदयात्रा नेपाल एकीकरण मार्ग र ऐतिहासिक गढीहरूको संरक्षण उद्देश्यले गरिएको हो। नेपाल–अङ्ग्रेज युद्धमा गोर्खाली फौजले जितगढीमा प्राप्त विजयको स्मरणमा सुरु गरिएको यो यात्रा वैशाख ७ गते बुटवलको जितगढीमा पुगेर समापन हुने छ।


