Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मधेसका अस्पतालहरूको सेवा प्रवाहबारे स्वास्थ्य मन्त्रालयको अनुगमन

मधेसका अस्पतालहरूको सेवा प्रवाहबारे स्वास्थ्य मन्त्रालयको अनुगमन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मधेस प्रदेशका विभिन्न अस्पतालहरूको सेवा प्रवाहबारे स्थलगत अनुगमन गर्ने भएको छ। मन्त्रालयले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजसहित गजेन्द्रनारायण सिंह र नारायणी अस्पतालमा परेका गुनासोको छानबिन गर्न टोली खटाएको हो। टोलीले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ अनुसार मापदण्ड पालना भए–नभएको जाँच गर्नेछ। अनुगमन प्रतिवेदन सात दिनभित्र पेश गर्न निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *