राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपीनकुमार आचार्य ले संसदमा प्रतिपक्षको भूमिकामाथि प्रश्न उठाएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राम्रो कामलाई पनि प्रतिपक्षले स्वीकार गर्न नसक्ने प्रवृत्ति देखिएको भन्दै यस्तो व्यवहार “प्रतिपक्षको धर्म” होइन भन्ने टिप्पणी गरे।
आचार्यले सत्तापक्षले पनि प्रतिपक्षका संशोधन र सुझावलाई गम्भीर रूपमा नलिने परिपाटी रहेको भन्दै संसदीय अभ्यास सुधार गर्नुपर्ने बताएका छन्।


