काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आज पित्तथैलीको शल्यक्रिया गरिँदैछ।
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको सबै परीक्षणपछि शल्यक्रिया गर्न लागिएको हो। चिकित्सकका अनुसार ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको छ।
उनको पित्तथैलीमा करिब २२ एमएमको पत्थरी देखिएको अस्पतालले जनाएको छ।


