Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > स्वास्थ्य उपकरणबारे १० दिनभित्र विवरण माग

स्वास्थ्य उपकरणबारे १० दिनभित्र विवरण माग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा रहेका एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब र पेट सिटी लगायतका उपकरणको अवस्था विवरण १० दिनभित्र पठाउन निर्देशन दिएको छ।

मन्त्रालयले उपकरणहरू सञ्चालनमा छन् वा छैनन् भन्ने जानकारीसहित प्रयोग, गुणस्तर, विकिरण सुरक्षा र प्राविधिक जनशक्ति सम्बन्धी विवरण माग गरेको हो।

देशभरका सरकारी तथा निजी अस्पतालमा यस्तो अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्ने मन्त्रालयको निर्णयमा उल्लेख छ।

This image shows the building of the Ministry of Health and Population in Ramshahpath, Kathmandu, in May 2021. Photo courtesy: Ajay Sharma

Leave a Reply

Your email address will not be published. Required fields are marked *